Trending :
 

नदीको बाढी बस्ती पस्दा झापामा ४ घर विस्थापित, २० भन्दा बढि घर डुबानमा

आषाढ ०४,२०८१

-आस्था न्यूज

असार ४, २०८१ काठमाडौं ।
आइतबारदेखिको अविरल वर्षापछि नदीको बाढी सतह उर्लिएर बस्ती पस्दा झापामा चार घर परिवार विस्थापित भएका छन् । दुई दर्जन घर परिवार डुबानमा परेका छन् । 
 
झापा गाउँपालिका ६ स्थित युवा टोलका घरहरुमा अन्दाजी ३ फिटसम्म पानी जमेर डुबान भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 
 
बिरिङ खोलाको बाढीबाट झापा गाउँपालिका ६ युवाटोल बस्ने दिपक आचार्यको ७ जनाको परिवार, सीता दुलालको ४ जनाको परिवार, प्रदीप सिंहको ३ जनाको परिवार, नविन बराईलीको ४ जनाको परिवार डुबानमा परेको हो । 
 
जसमध्ये ४ परिवार पूर्णरुपमा विस्थापित भई स्थानीय केदार श्रेष्ठको घरमा आश्रय लिएर बसेको प्रहरीले जनाएको छ ।