Trending :
 

आज पनि सुनको मूल्य स्थिर

आषाढ ०५,२०८१

-आस्था न्यूज

असार ५, २०८१ काठमाडौं ।
नेपाली बजारमा लगातार तेस्रो दिनपनि सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले असार ३ देखि सुनको मूल्य स्थिर रहेको जानकारी दिएको हो । 
 
जसअनुसार बुधबार छापावाल सुन तोलामा १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको छ। सोही  मूल्यमा सोमबार र मंगलबार पनि कायम भएकोमा आइतबार भने सुनको मूल्य तोलामा १ लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । 
 
यस्तै बुधबार तेजाबी सुन तोलामा १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार हुँदा चाँदीको मूल्यचाहिँ घटेको छ । 
 
मंगलबार तोलामा १ हजार ८१५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार भने घटेर तोलामा १ हजार ८०५ रुपैयाँमा कारोबार भएको हो ।