Trending :
 

न्युरोडलाई सवारी निषेधित क्षेत्र बनाउन लागिएको भन्दै स्थानीयको विरोध

आषाढ ०५,२०८१

-आस्था न्यूज

असार ५, २०८१ काठमाडौं ।
काठमाडौँ महानगरपालिकाले विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार र राजधानीको व्यापारिक केन्द्रका रूपमा रहेको नयाँ सडक (न्युरोड) क्षेत्रलाई सवारी निषेधित क्षेत्र बनाउने योजना हालै आफ्नो नीति तथा कार्यक्रममा समावेश गरेको थियो । महानगरपालिकाले नयाँ सडक क्षेत्रलाई सवारी निषेधित क्षेत्र बनाउन विभिन्न चरणमा योजना तयार गरेको जनाएको थियो ।
 
काठमाडौँ महानगरपालिकाले  आम नागरिकको सहज आवागमन, सहरी सौन्दर्यीकरण तथा ट्राफिक व्यवस्थापन गर्ने उद्देश्यसहित योजना बनाएको भए पनि यसको विरोध भएको हो । महानगरले सवारी निषेधित क्षेत्र बनाउने योजना अन्तर्गत नै पहिलो चरणमा नयाँ सडकको पार्किङ हटाइएको थियो ।
 
दोस्रो चरणमा यात्रु चढाउने र ओराल्ने ९पिक एन्ड ड्रप० प्रणाली लागु गर्नुपर्ने भन्दै महानगरले त्यसको लागि आवश्यक तयारी भइरहेको जनाएको छ ।