Trending :
 

सेयर बजारमा सामान्य सुधार, नेप्से २.२७ अंकले बढ्यो

आषाढ ०५,२०८१

-आस्था न्यूज

असार ५, २०८१ काठमाडौं ।
बुधबार नेप्से परिसूचक २.२७ अंकले बढेर २०७८.७६ को विन्दुमा कायम भएको छ । बुधबार नेप्सेमा कारोबार भएका ३०८ वटा कम्पनीको ७२ लाख ९ हजार कित्ता सेयर खरिदबिक्री भई तीन अर्ब ४० करोड रुपैयाँको सेयर कारोबार भएको छ ।
 
आज सबैभन्दा धेरै नेपाल फाइनान्सको २० करोड २३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । गोर्खाज फाइनान्सको ९ करोड ६६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । ग्लोबल आइएमई लघुवित्तको ८ करोड ९९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
 
आज सबैभन्दा धेरै नेपाल फाइनान्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । समाज लघुवित्त वित्तीय संस्थाका लगानकिर्ताले ९.८८ प्रतिशतका दरले कमाएका छन् । कुथेली बुखरी हाइड्रोको लगानीकर्ताले ९ प्रतिशतका दरले कमाएका छन् । मन्दकीनि हाइड्रोका लगानकिर्ताले पनि ८ प्रतिशतका दरले कमाएका छन् ।