Trending :
 

सेनाका महासेनानी दिरेन्द्रकुमार मल्ल बर्खास्त

आषाढ ०५,२०८१

-आस्था न्यूज

असार ५, २०८१ काठमाडौं ।
नेपाली सेनाको समरी सैनिक जनरल अदालतले नेपाली सेनाका महासेनानी दिरेन्द्रकुमार मल्ललाई बर्खास्त गरेको छ ।
 
मल्लको कागजपत्रमा कैफियत देखिएपछि सैनिक अदालतले मंगलबार भविष्यको लागि अयोग्न नठहरिने गरी सेवाबाट अगल गरिने फैसला गरेको सैनिक प्रवक्ता गौरब केसीले जानकारी दिए ।
 
केसीका अनुसार महासेनानी मल्ल कार्यरत रहेको न्युर्योकस्थित संयुक्त राष्ट्र संघको लागि सैनिक सहचारीको रुपमा नयाँ सैनिक अधिकारीलाई पठाउने कार्य अघि बढिसकेको छ। हिरासतमा राखेर अनुसन्धान गरेपछि सेनाले उनीविरुद्ध सैनिक अदालतमा मुद्दा चलाएको सैनिक अधिकारीले जानकारी दिए ।
 
सैनिक अदालतले मल्लको कागजपत्रमा कैफियत देखिएको उल्लेख गरेको छ । मल्लको उमेरलाई लिएर सैनिक मुख्यालय जंगी अड्डामा उजुरी परेपछि काठमाडौं बोलाइएको थियो । र, त्यसपछि सेनाले कोर्ट अफ इन्क्वायरी गठन गरेर अनुसन्धान गर्ने गरेको थियो ।