Trending :
 

गायिका अस्मिता अधिकारी र गायक महेश काफ्लेले गरे ईंगेजमेन्ट, यसै वर्ष बिहे गर्ने तयारीमा

आषाढ ०५,२०८१

-आस्था न्यूज

असार ५, २०८१ काठमाडौं ।
गायिका अस्मिता अधिकारी र गायक महेश काफ्लेले लेईंगेजमेन्ट गरेका छन्। लामो समयदेखि उनीहरुबीच प्रेम सम्बन्धको गाईंगुईं चल्दै आएतापनि दुवैले सार्वजनिक स्वीकारोक्ति गरेका थिएनन् ।
 
अस्मिता र महेशले दुबईको प्रख्यात बुर्ज खलिफा नजिक रहेको विङ्स अफ मेक्सिकोमा मंगलबार औंठी साटासाट गरेका हुन् ।
 
अन्तर्राष्ट्रिय कलाकार समाज (ईनास) आबुधावी क्षेत्रीय समितिले आयोजना गरेको सांस्कृतिक कार्यक्रमका लागि उनीहरु केही दिनअघि दुबई पुगेका थिए । त्यहा पुगेर ईंगेजमेन्ट गर्ने पूर्वतयारी थियो । 
 
मंगलबार ईंगेजमेन्ट र फोटोसुट गरेका उनीहरुले आज सामाजिक सञ्जालमा तस्बिर पोस्ट गरेपछि ‘कपल’ का रुपमा खुलेर दुबई घुम्दै गरेका तस्वीर सार्वजनिक गरिरहेका छन् ।
May be an image of 2 peopleMay be an image of ring and skyscraperMay be an image of 1 personMay be an image of 2 people