Trending :
 

संसद् सचिवालयका कर्मचारीको मागबारे सभामुख छलफलमा

आषाढ ०६,२०८१

-आस्था न्यूज

असार ६, २०८१ काठमाडौं ।
सङ्घीय संसद् सचिवालयका कर्मचारीको आन्दोलन उनीहरूको मागबारे सभामुख निवासमा छलफल भएको छ ।  सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र अर्थमन्त्री वर्षमान पुनबिच संसद् सचिवालयका कर्मचारीको आन्दोलनबारे छलफल भएको हो । 
 
कर्मचारी आन्दोलनबारे यसअघि सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीसँग पनि छलफल गरेका थिए । 
 
प्रतिनिधिसभा बैठकमा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची छ । महत्त्वपूर्ण छलफल भइरहेका बेला कर्मचारीले गरेको असहयोगलाई सभामुखले गम्भीरताका साथ लिएका छन् ।