Trending :
 

तमोर नदीमा बाढीले खतराको तह पार गर्यो, तटीय क्षेत्रमा बस्नेलाई सतर्क रहन आग्रह

आषाढ ०६,२०८१

-आस्था न्यूज

असार ६, २०८१ काठमाडौं ।
तमोर नदीमा बाढीले चेतावनीको तह पार गरेको छ। 
 
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महााशाखाका अनुसार पाँचथरको माझिटारमा बिहान ७ः५० बजे नदीले चेतावनीकोको तह पार गरेको हो।
 
महाशाखाका अनुसार तमोरको खतरा तह ७.५ मिटर तोकिएको छ। अहिले ८.८२ मिटर पुगेको छ। 
 
पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद कोइरालाले नदीको वहाब बढेकाले तटीय क्षेत्रमा रहेकाहरूलाई सतर्क रहन भनिएको जानकारी दिए। 
 
ुनदीको वहाब बढिरहेको छ। तटीय क्षेत्रका मानिसहरूलाई सतर्क रहन भनेका छौं, उनले भने।