Trending :
 

युरोकपः आयोजक जर्मनीलाई लगातार दोश्रो जित, हंगेरी २–० ले पराजित

आषाढ ०६,२०८१

-आस्था न्यूज

असार ६, २०८१ काठमाडौं ।
जर्मनीले हंगेरीलाई पराजित गरेको छ।
 
युरोकप अन्तर्गत गएराति भएको खेलमा जर्मनीले हंगेरीलाई २-० गोलले पराजित गरेको हो।
 
जर्मनीको जितमा जमल मुसियाला र गुन्डोगानले गोल गरे।
 
मुसियालाले २२ औं मिनेटमा जर्मीनीलाई अग्रता दिलाएका थिए। ६७ औं मिनेटमा गुन्डोगानले गरेको गोल निर्णायक बन्दा जर्मनी २-० गोलले विजयी भएको हो।
 
समूह ए मा रहेको जर्मनीले दुई खेल खेलेकोमा दुवैमा जित निकाल्दै समूहको शीर्ष स्थानमा छ।
 
गएराति नै भएको समूह ‘ए’ को अर्को खेलमा स्वीट्जरल्याण्डले १(- गोलको बराबरी खेलेका छन्।
 
स्कट मिकटोमिनेले १३ औं मिनेटमा गोल गर्दै स्कटल्याण्डलाई अग्रता दिलाएका थिए। २६ औं मिनेटममा स्वीट्जरल्याण्डका जेरदान शाकिरीले गोल गर्दै खेललाई बराबरीमा पुर्‍याएका थिए।
 
त्यसपछि थप गोल हुन नसक्दा दुई देशले अंक बाँडेका हुन्।