Trending :
 

कोपा अमेरिका भोलीदेखी, उद्घाटन खेल अर्जेन्टिना र क्यानडाबीच हुने

आषाढ ०६,२०८१

-आस्था न्यूज

असार ६, २०८१ काठमाडौं ।
 
दक्षिण अमेरिकी महादेशको फुटबल प्रतियोगिता कोपा अमेरिका २०२४ को ४८ औं संस्करण अमेरिकामा सुरु हुँदैछ ।
 
पहिलो पटक १६ टोलीले खेल्न लागेको उक्त प्रतियोगिताको उद्घाटन खेल एटलान्टामा शुक्रबार विहान ५:४५ बजे अर्जेन्टिना र क्यानडाबीच हुनेछ ।
 
अर्जेन्टिनाले सन् २०२१ मा ब्राजिलमा भएको पछिल्लो संस्करणको उपाधि जित्दै सर्वाधिक १५ पटक उपाधि जित्ने उरुग्वेको कीर्तिमान बराबरी गरेको थियो । अर्जेन्टिना  यसपटक पनि उपाधि रक्षा गर्दै कोपा अमेरिकाको सर्वाधिक सफल टोली बन्ने लक्ष्यमा छ ।
 
प्रतियोगिताको १०८ वर्षको इतिहासमा पहिलो पटक कोपा अमेरिकामा १६ टोली सहभागी भएका हुन् ।
 
दक्षिण अमेरिकी फुटबल संघ (कन्मेबोल) बाट १० सदस्य राष्ट्र तथा उत्तर, मध्य अमेरिका र क्यारेबियन फुटबल संघ (कोनकाकाफ) बाट ६ गरी कूल १६ टोली कोपा अमेरिकामा सहभागी हुँदैछन् ।
 
यसअघि यो प्रतियोगितामा १२ टोली सहभागी हुँदै आएका थिए । सन् २०२४ को कोपा अमेरिका, महिला फुटबल र क्लब प्रतियोगिता आयोजनाका लागि कन्मेबोल र कोनकाकाफबीच सहमति भएपछि यस संस्करणमा कोपा अमेरिकाको टिम संख्या बढाएर १६ पुर्‍याइएको हो ।