Trending :
 

काठमाडौं-भरतपुरमा श्री एयरलाइन्सको परीक्षण उडान

आषाढ ०६,२०८१

-आस्था न्यूज

असार ६, २०८१ काठमाडौं ।
श्री एयरलाइन्सको काठमाडौं-भरतपुर परीक्षण उडान सफल भएको छ। आज बिहान काठमाडौंबाट भरतपुर उडान भएको हो ।
 
उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र पर्यटनमन्त्री हितबहादुर तामाङसहित प्राविधिकहरू लिएर काठमाण्डौंबाट भरतपुर आएको विमान छोटो रनवे भएको भरतपुर विमानस्थलमा सफलतापूर्वक अवतरण गरेको श्री एयरलाइन्सका प्रवन्ध निर्देशक सुधिर मितलले जानकारी दिए ।
 
उनका अनुसार उडान परीक्षणका क्रममा कुनै समस्या भएन । विमानस्थलको पूर्वतर्फ बनेका घर र ती घरमाथि बनेका संरचनाले विमानस्थल जोखिमपूर्ण छ ।
नेपाल नागरिक उड्ययन प्राधिकरणले अनुमति दिएपछि नियमित उडान भर्ने तयारीमा श्री एयरलाइन्स रहेको छ ।
 
उडानको अनुमति प्रक्रिया पूरा गर्न भने केही समय लाग्ने श्रीका प्रवन्ध निर्देशक मितलले बताए ।
 
अहिले काठमाण्डौं भरतपुर र पोखरा भरतपुर बुद्ध एयरको ४२ सिटे जहाजले मात्रै उडान गर्दै आएको छ ।