Trending :
 

पहिरोले अवरुद्ध बेँसीशहर-चामे सडक पूर्ण सञ्चालनमा

आषाढ ०६,२०८१

-रासस

असार ६, २०८१ काठमाडौं ।
पहिरोले गए रातिदेखि अवरुद्ध बेँसीशहर–चामे सडक पूर्ण सञ्चालनमा आएको छ । बेँसीशहर नगरपालिका-६ खरखरे भीरमा गएको पहिरो हटाएसँगै गाडी चल्न थालेका छन् ।
 
डुम्रे–बेँसीशहर चामे सडक योजना कार्यालय लमजुङका सूचना अधिकारी तथा इन्जिनियर किरण पोखरेलले ुएक्स्काभेटरु को सहायताले ठूला-ठूला ढुङ्गासहितको पहिरो हटाएसँगै गाडी सञ्चालनमा आएको बताउनुभयो । पहिरो रोकथामका लागि सङ्घीय सरकारको १६ करोड ४८ लाख रुपैयाँ लागतमा निर्माण भइरहे पनि काम नसकिँदा पहिरो जाने क्रम जारी रहेको उहाँले बताउनुभयो ।
 
हरेक वर्ष वर्षायाममा यो सडक पहिरोले अवरुद्ध हुने गरेको छ । बाढी पहिरोको सबैभन्दा बढी जोखिम रहेको ठाउँ खरखरे भीर नै हो ।