Trending :
 

यस वर्षको मनसुन थप पाँच प्रदेशमा फैलियो

आषाढ ०६,२०८१

-आस्था न्यूज

असार ६, २०८१ काठमाडौं ।
यस वर्षको मनसुन प्रणाली थप पाँच प्रदेशमा फैलिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  जेठ २८ गते कोसी प्रदेशबाट भित्रिएको मनसुन आजसम्म मधेस, बागमती र गण्डकीका अधिकांश भूभागमा फैलिएको महाशाखाको भनाइ छ । 
 
मनसुन आज लुम्बिनी प्रदेशमा पनि प्रवेश गरेको महाशाखाले विज्ञप्ति मार्फत जानकारी दिएको छ । नेपालको बाँकी भू-भागमा मनसुन फैलिन अझै केही दिन लाग्ने विभागको भनाइ छ ।
 
आज कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी भूभागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी प्रदेश र गण्डकी प्रदेशका  एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाको भनाइ छ ।