Trending :
 

टी-२० विश्वकपः अफगानिस्तानविरुद्ध भारत ४७ रनले विजयी

आषाढ ०७,२०८१

-आस्था न्यूज

असार ७, २०८१ काठमाडौं ।
आईसीसी टी-२० विश्वकप अन्तर्गत समूह १ को पहिलो खेलमा भारत विजयी भएको छ। बिहीबार राति भएको खेलमा अफगानिस्ता ४७ रनले पराजित भएको हो।
 
सुरुमा ब्याटिङ गरेको भारतले दिएको १८२ रनको लक्ष्य पछ्याएको अफगानिस्तान २० ओभरमा सबै विकेट गुमाउँदै १३४ रनमा समेटिएको हो।
 
अफगानिस्तानका लागि अजमतुल्लाह ओमरजाईले सर्वाधिक २६ रन प्रहार गरे। नजिबुल्लाह जादरानले १७ बलमा १९ रन जोड्दा गुलबदिन नाइब १७, मोहम्मद नाबी १४ रनमा आउट हुँदा रहमनुल्लाह गुरबाजले ११ रन बनाए।
 
भारतका लागि जसप्रित बुमराहले तीन विकेट हात पारे। चार ओभर बलिङ गरेका उनले १ मेडेन राखेर मात्र ७ रन दिए। अर्शदीप सिंहसमेत तीन विकेट हात पारे। उनले चार ओभरमा ३६ रन खर्चिए। कुल्दीप यादवले दुई विकेट हात पार्दा रवीन्द्र जडेजा र अक्षर पट्टेलले एक एक विकेट लिए ।