Trending :
 

सर्वदलीय बैठक बस्न नसक्दा बागमती प्रदेशसभा बैठक प्रभावित

आषाढ ०७,२०८१

-आस्था न्यूज

असार ७, २०८१ काठमाडौं ।
बजेटका त्रुटि सच्याउन बोलाइएको बागमती प्रदेशको सर्वदलीय बैठक बस्न नसक्दा प्रदेशसभा बैठक नै प्रभावित बनेको छ । शुक्रबार बिहान १० बजे बोलाइएको सर्वदलीय बैठक सरकार पक्षको आन्तरिक असमझदारीले बस्न नसकेको बताइएको छ । सर्वदलीय बैठक बस्न नसकेपछि ११ बजेलाई बोलाइएको प्रदेशसभा बैठक पनि अनिश्चित भएको छ । 
 
प्रतिपक्षले बिहीबारको प्रदेशसभा बैठक अवरुद्ध गरेपछि सूचना टाँसेर शुक्रबार बिहान ११ बजेसम्मलाई स्थगित गरिएको थियो । बजेटमा रहेको त्रुटि सच्याउन अर्थमन्त्री जगन्नाथ थपलियाले मन्त्रालयका कर्मचारीलाई दिएको निर्देशन कर्मचारीले पालना नगर्दा दुवै बैठक प्रभावित भएको बुझिएको छ ।