Trending :
 

आफूहरूले चलाएको मन्त्रालयमा कुनै भ्रष्टाचार हुँदैनः रवि लामिछाने

आषाढ ०७,२०८१

-आस्था न्यूज

असार ७, २०८१ काठमाडौं ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आफूहरूले चलाएको मन्त्रालयमा भ्रष्टाचार हुँदैन भन्ने कुराको ग्यारेन्टी दिनसक्ने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति समेत रहेका उनले शुक्रबार काठमाडौँमा पार्टी स्थापना दिवसको अवसर पारेर आयोजित कार्यक्रममा बोल्दै सो दाबी गरेका हुन् । 
 
उपप्रधानमन्त्री लामिछानेले सञ्चारकर्मीहरूमाझ जनताको अपेक्षा पूरा गर्न आफूहरूले पूरै इमान्दारिताका साथ कोसिस गरिरहेको जिकिर पनि गरे । सरकारमा गएको सय दिन जति भएको उल्लेख गर्दै उनले गज्जबले मन्त्रालयहरू चलाउने आधारहरू बनेको बताए । उनले आफ्नो पार्टीलाई पुराना पार्टीजस्तो नहोस् भन्नका लागि आम जनताले घण्टी बजाउने गरेको टिप्पणी पनि गरे । 
 
उपप्रधानमन्त्री लामिछानेले रास्वपा स्थापनाको थोरै अवधिमा धेरै ठुलो जिम्मेवारीमा पुगेको अनुभूति भएको पनि बताए ।
 
उपप्रधानमन्त्री लामिछानेले यति धेरै अवधिले रास्वपालाई धेरै ठुलो भारी नबोकेको भनेर आलोचना गर्नु अन्याय हुने पनि बताए ।