Trending :
 

टी-२० विश्वकपः ग्ल्यान्डमाथि दक्षिण अफ्रिका सात रनले विजयी

आषाढ ०८,२०८१

-

असार ८, २०८१ काठमाडौं ।
आईसीसी टी-२० विश्वकप क्रिकेटको ‘सुपर ८’ को दोस्रो खेलमा लगातार जित निकाल्दै दक्षिण अफ्रिकाले चार अंक जोडेको छ। शुक्रबार राति सम्पन्न रोमाञ्चक खेलमा इंग्ल्यान्डविरुद्ध दक्षिण अफ्रिकाले सात रनको जित निकालेको हो। जारी विश्वकपमा दक्षिण अफ्रिकाको यो निरन्तर छैटौं जित हो।
 
शनिबार राति टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाएर १६३ रन बनाएको थियो। १६४ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले ६ विकेट गुमाएर १५६ रन बनाउँदा ७ रनको पराजय भोगेको हो।