Trending :
 

जर्मनी र स्वीट्जरल्याण्ड युरोको प्रि क्वाटरफाइनलमा

आषाढ १०,२०८१

-आस्था न्यूज

असार १०, २०८१ काठमाडौं ।
जर्मनीमा जारी १७औं संस्करणको युरोकप फुटबलमा आयोजक जर्मनी र स्वीट्जरल्याण्डले बराबरी खेलेका छन् ।
 
आज बिहान फ्र्याङ्कफर्टमा सम्पन्न समूह ‘ए’ को खेलमा जर्मनी र स्वीट्जरल्याण्डले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
 
स्वीट्जरल्याण्डका डान एनडोयो र जर्मनीका निकोलस फुलक्रुगले एक-एक गोल गरेका थिए । खेलको २८औँ मिनेटमा एनडोयोले गोल गर्दै स्वट्जरल्याण्डलाई सुरुवाती अग्रता दिलाएका थिए ।
 
तर खेलको दोस्रो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा जर्मनीका फुलक्रुगले गोल गर्दै टोलीलाई हारबाट जोगाउन सफल भए ।
 
यो बराबरीसँगै ३ खेलबाट जर्मनी ७ अंकका साथ समूहको शीर्षस्थानमा रहँदै नकआउट चरणमा पुगिसकेको छ भने स्वीट्जरल्याण्ड ५ अंकसहित दोस्रो स्थानमा छ ।