Trending :
 

संघीय संसद्‍का आन्दोलनरत कर्मचारी र सरकारबिच सात बुँदे सहमति

आषाढ १०,२०८१

-आस्था न्यूज

असार १०, २०८१ काठमाडौं ।
आन्दोलनरत संसद् सचिवालयका कर्मचारी र सरकारबिच ७ बुँदे सहमति भएको छ । सोमबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डे र कर्मचारी युनियनबिच भएको वार्तामा ७ बुँदे सहमति भएको हो ।
 
सहमति अनुसार संसद् सचिवालयका कर्मचारीको आवास भत्ता, शैक्षिक भत्ता र खाजा खर्च बढ्ने भएको छ । २१ दिनदेखि संसद् सचिवालयमा कार्यरत कर्मचारी खाजा, आवासका साथै अतिरिक्त समयमा काम गरेको भत्ता पाउनुपर्ने माग राख्दै आन्दोलनमा थिए ।