भारतमा एक महिनामा ६६० जना बेपत्ता
cyclone-
नयाँदिल्ली, १३ पुस
एक महिना अगाडि आएको चक्रवातपछि भारतमा अहिलेसम्म ६६० जनाभन्दा धेरै माझी हराइरहेका छन् ।
श्रीलङ्कासँगको सिमानामा पर्ने भारतीय क्षेत्रहरूबाट उनीहरू बेपत्ता भएको भारतीय अधिकारीहरूले जानकारी दिएका छन् ।
गत नोभेम्बरको २९ तारिखका दिन श्रीलङ्काबाट शुरु भएको चक्रवातका कारण २५० जनाको मृत्यु भएको पुष्टी भइसकेको छ ।
प्रतिघण्टा १३० किलोमिटरको गतिमा आएको चक्रवातले रुख, बोटविरुवा उखेल्नुका साथै विद्युत र टेलिफोनका संरचनामा क्षति पुगेपछि सेवा अवरुद्ध भएको छ भने दशौँ हजार घर ध्वस्त भएका छन् ।
बेपत्ता भएकामध्ये ४०० जना तमिल नाडुबाट र अरू २६१ जना केरलाबाट बेपत्ता भएका हुन् ।
भारतको पूर्वी तटिय क्षेत्रमा हरेक वर्षको अप्रिलदेखि डिसेम्बरसम्म चक्रवातका कारण धेरै जनाको मृत्यु हुनेगरेको छ । सन् १९९९ मा आएको चक्रवातले आठ हजार जनाको ज्यान लिएको थियो ।