Trending :
 

अयोध्यामा दिएको शालिग्राम फिर्ता ल्याउन बामदेवको माग

आषाढ १०,२०८१

-आस्था न्यूज

असार १०, २०८१ काठमाडौं ।
राष्ट्रिय सभा सदस्य बामदेव गौतमले भारतको अयोध्यामा राम बनाउन भनेर नेपालबाट लगिएको शालिग्राम फिर्ता ल्याउनुपर्ने बताएका छन् ।
 
सोमबारको राष्ट्रिय सभा बैठकमा गौतमले हिरा बन्ने २४ टन नेपाली सम्पत्ति बिनासित्तै भारतलाई बुझाउने काम भएकाले फिर्ता हुनुपर्ने बताएका हुन् ।
 
सित्तै देशको सम्पत्ति अरूलाई दिन नहुने भन्दै उनले भने, ‘मैले शालिग्रामबाट हिरा बन्छ भनेँ । वैज्ञानिकसँग सम्पर्क गरेँ, बुझेँ । हिरा बन्ने २४ टन नेपाली सम्पत्ति बिनासित्तै भारतलाई बुझाउने काम भयो । त्यो नेपालले फिर्ता पाउनुपर्छ ।’
 
भारतको अयोध्यामा रामको मन्दिर निर्माणका क्रममा कालीगण्डकी नदीको शिला लगिएको थियो । मन्त्रिपरिषद्ले १८ र १६ मेट्रिक टन तौल भएको शिला पठाउने निर्णय गरेको थियो ।