Trending :
 

टी-२० विश्वकपः अस्ट्रेलियालाई हराउँदै भारत विश्वकपको सेमिफाइनलमा

आषाढ ११,२०८१

-आस्था न्यूज

असार ११, २०८१ काठमाडौं ।
भारत आइसीसी टी-२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको ‘सुपर ८’को खेलमा अस्ट्रेलियालाई २४ रनले हराउँदै भारत सेमिफाइनलमा प्रवेश गरेको हो । भारतले दिएको २०६ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १८१ रन बनायो ।
 
उसका लागि ओपनर ट्राभिस हेडले सर्वाधिक ७६ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्  । ४३ बलको सामना गरेका उनले ९ चौका र ४ छक्का प्रहार गरे । उनलाई भारतका जसप्रीत बुमराहले रोहित शर्माको हातबाट क्याच आउट गराएका थिए ।