Trending :
 

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

आषाढ ११,२०८१

-आस्था न्यूज

असार ११, २०८१ काठमाडौं ।
प्रतिनिधि सभाको बैठक मंगलबार बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्षको बजेट पारित गर्ने कार्यसूची रहेको छ। त्यसअघि सांसदहरूले विभिन्न मन्त्रालयहरूको खर्च कटौतीको प्रस्ताव पेश गर्नेछन्।
 
त्यसपछि अर्थमन्त्री वर्षमान पुनलेविनियोजन विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
 
त्यस्तै अर्थमन्त्री पुनले आर्थिक विधेयक, २०८१ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।
 
यस्तै राष्ट्र ऋण उठाउने विधेयक, २०८१ र भन्सार महसुलसम्बन्धि विधयेक, २०८१ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।