वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई काममा रोक
-आस्था न्यूज
असार ११, २०८१ काठमाडौं ।
नागरिक उड्डयन प्राधिकरणले वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई काममा रोक लगाएको छ।
वाइडबडी जहाज सी चेकका लागि बिना अनुमति नै दुबई हुँदै इटाली पुर्याएको भन्दै प्राधिकरणले अध्यक्ष अधिकारीलाई तत्कालका लागि निलम्बन गरेको हो।
नेपालबाट इटालीको लागि सिधा उडान गर्ने गरिएको छैन।
सी चेक गराउने पठाउने क्रममा अनुमति नलिनुका साथै खरिद प्रक्रिया पूरा नगरेको भन्दै तत्काललाई काममा रोक लगाइएको हो।
अधिकारीसँगै प्राधिकरणले अपरेसन म्यानेजर तथा क्याप्टेन दिपु जुहारचन, क्याप्टेन महेशमान डंगोल र रमन घिमिरेलाई समेत प्राधिकरणले ग्राउन्डेड गरेको छ। त्यस्तै, क्यामो म्यानेजर ज्ञानबहादुर कुँवरलाई समेत काममा रोक लगाइएको प्राधिकरणले जनाएको छ।
निगम व्यवस्थापनले गत शुक्रबार वाइडबडी जहाज सी चेकका लागि सेड्युल फ्लाइटमार्फत् दुबई हुँदै इटाली पुर्याएको थियो।