सप्तरी घटनाले विथोलिएको वर्तमान अवस्थालाई सुधार्ने प्रयासमा प्रधानमन्त्री दाहाल र सभापति देउवा

फाल्गुण २५,२०७३

-

 २५,२०७३फाल्गुन,काठमाडौँ-

सप्तरी घटनाले विथोलिएको वर्तमान अवस्थाप्रति चिन्ता प्रकट गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवा सोही परिस्थितिलाई सम्हाल्ने तयारीमा जुटेका छन् |

 एमाले र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग छलफल गरी सप्तरी घटनापश्चात छरप्रष्ट भएको वर्तमान अवस्थालाई सम्हाल्ने समझदारीमा जुटेका हुन् |

मंगलबार सांझा बालुवाटारमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसहित प्रधानमन्त्री दाहाल र सभापति देउवाबीच छलफल भएको थियो |

 

छलफलमा प्रधानमन्त्री दाहाल , सभापति शेरबहादुर र गृहमन्त्री निधिले सरकारको सशक्त उपस्थितिका कारण सप्तरीमा गौर घटनाको पुनरावृत्ति हुन नपाएको समीक्षा गरे |

 

एमाले र मधेसी मोर्चाको हठका कारण सप्तरीमा मधेसका युवाहरूको ज्यान जाने गरी घटना भएको छलफलमा समीक्षा गरिएको स्रोतले खुलाएको छ |

 

 

स्रोतका अनुसार, प्रधानमन्त्री दाहालले गृहमन्त्री निधिलाई टाउकोमा गोली प्रहार गर्ने गरी किन निर्देशन दिएको भनेर जिज्ञासा राखेका थिए | सोही जवाफमा निधिले आफूले संयमित भएर गम्भीर अवस्थामा घुँडामुनि मात्रै प्रहार होस् भनेर मात्रै निर्देशन दिएको जानकारी गराएका थिए |

 

 

बिग्रिएको वर्तमान अवस्थालाई सम्हाल्ने प्रयासमा प्रधानमन्त्री दाहालले तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरूलाई मंगलबार अपराह्न छलफलका लागि बोलाएका थिए | कारणवस उनीहरु प्रधानमन्त्रीको बैठकमा उपस्थित हुन नसकेका कारण बुधबार उनिहरुसंग छलफल हुने प्रधानमन्त्री दाहालका राजनीतिक सल्लाहकार चक्रपाणि खनालले जानकारी दिए |

 

मधेसी मोर्चाका नेताहरू र प्रधानमन्त्री दाहालबीच बुधबार बिहान छलफल गर्ने सहमति भएको छ |