Trending :
 

युरोकपमा बेल्जियम नकआउट चरणमा प्रवेश

आषाढ १३,२०८१

-आस्था न्यूज

असार १३, २०८१ काठमाडौं ।
जर्मनीमा भइरहेको युरो २०२४ मा समूह चरणको खेलहरु सकिएपछि नकआउट चरणमा पुग्ने १६ वटै टिमको टुंगो लागेको छ । गएराति समूह एफको अन्तिम २ खेल भएपछि समूह चरणका खेलहरु सकिएका हुन् ।
 
यससँगै नकआउट चरणको समीकरण पनि पूरा भएको छ । युरोमा सहभागी २४ टोलीलाई ६ समूहमा विभाजन गरेर खेलाइएको छ । समूह्य चरणको खेलपछि ६ वटै समूहको समूह विजेता र उपविजेता गरी १२ टोली सिधै अन्तिम १६ मा पुग्दा तेस्रो हुने ६ मध्ये उत्कृष्ट चार टिमले पनि अन्तिम १६ मा स्थान बनाए ।
 
चार समूहबाट ३(३ तथा दुई समूहबाट २-२ टोली नकआउट चरणमा पुगेका हुन् । समूह ए बाट घरेलु टोली जर्मनी र स्वीट्जरल्याण्ड, समूह बी बाट स्पेन र इटली, समूह सी इंग्ल्याण्ड र डेनमार्क समूह डीबाट अष्ट्रिया र फ्रान्स समूह ई बाट रोमानिया र बेल्जियम तथा समूह समूह एफबाट पोर्चुगल र टर्की क्रमशस् समूह विजेता र उपविजेता बन्दै अन्तिम १६ मा पुगेका हुन् ।
 
यस्तै समूह सी बाट सल्भेनिया, समूह डी बाट नेदरल्याण्ड्स, समूह ई बाट सल्भाकिया र समूह एफबाट जर्जिया तेस्रो हुँदै अन्तिम १६ मा पुगे । समूह ए मा तेस्रो भएको हंगेरी र समूह बी मा तेस्रो भएको क्रोएसिया भने अगाडि बढ्न सकेन ।
 
समूह चरणमा केही अप्रत्यासित नतिजा आउँदा नकआउट चरणको समीकरण पनि रोमाञ्चक बन्ने भएको छ ।
 
जसमा फ्रान्स र बेल्जियमबीच अन्तिम १६ मै भिडन्त हुने भएको छ । यस्तै साविक विजेता इटलीले अन्तिम १६ म स्वीट्जरल्याण्ड्सँग खेल्नुपर्नेछ ।
 
फ्रान्स र बेल्जियमसहित आयोजक जर्मनी, फ्रान्स, पोर्चुगल एकै पुलमा छन् । यी टोलीहरु मध्येबाट एक टोली मात्र फाइनल पुग्नेछन् । अर्कोतर्फ इटली, इंग्ल्याण्ड र नेदरल्याण्ड्सबाट एक टोली फाइनल पुग्नेछ ।
अन्तिम १६ मा जर्मनीले डेनमार्कसँग खेल्दा स्पेनले पहिलो पटक युरो खेलिरहेको जर्जियासँग खेल्नेछ । यी दुई खेलको विजेता क्वाटरफाइनलमै भेट हुनेछन् । यस्तै पोर्चुगलले स्लोभेनियासँग प्रतिस्पर्धा गर्नेछ । यस खेलको विजेताले क्वाटरफाइनलमा फ्रान्स र बेल्जियमबीचको विजेतासँग खेल्नेछ ।
 
अर्कोतर्फ रोमानियाले नेदरल्याण्ड्सको सामना गर्दा अष्ट्रिया र टर्कीबीच खेल हुनेछ । रोमानिया र अष्ट्रिया आफ्नो समूहमा समूह विजेता बनेका थिए । यी दुई खेलको विजेता क्वाटरफाइनलमा एकआपसमा भिड्नेछन् । यस्तै इंग्ल्याण्डले स्लोभाकियासँग खेल्नेछ । यस खेलको विजेताले क्वाटरफाइनलमा इटली र स्वीट्जरल्याण्डको विजेतासँग खेल्नेछ ।