शिक्षालाई सर्वसुलभ र व्यावहारिक बनाउन नसकेको सभामुख घिमिरेको स्वीकार

४ दिन अगाडि

-आस्था न्यूज

असार १४, २०८१ काठमाडौं ।
सभामुख देवराज घिमिरेले अझै पनि नेपालमा शिक्षा व्यावहारिक हुन नसकेको बताएका छन् । शुक्रबार मदन भण्डारी मेमोरियल कलेजको २३औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
 
उनले भने, ‘अहिले पनि हामीले शिक्षालाई सर्वसुलभ बनाउन सकेका छैनौं । शिक्षा व्यावहारिक हुनसकिरहेको छैन ।’
 
उनले शिक्षालाई सर्वसुलभ र व्यावहारिक बनाउन नसकेको भन्‍दै यसलाई सबैको पहुँचमा पुर्‍याउनुपर्ने बताए । शिक्षाले समाजलाई परिवर्तन गर्ने भन्दै शिक्षालाई दर्शन सिक्ने ठाउँको रुपमा विकास गर्नुपर्ने उनको भनाइ थियो ।
 
‘शिक्षालाई सर्वसुलभ बनाइ, शिक्षा जीवनउपयोगी बनाउने र अझै शिक्षा भनेको जीवनलाई उत्कृष्ट बनाउन सकिन्छ’  उनले भने, ‘ शिक्षाले समाजलाई परिवर्तन गर्ने दर्शन सिक्ने ठाउँको रुपबाट विकास गर्नुपर्छ । त्यो दर्शन मान्छेको जीवनमा, नेपाली समाजको जीवनमा लागू होस्।’
 
उनले अहिलेको समयानुसारको पाठ्यक्रमहरु निर्माण गरी दक्ष शिक्षकहरुबाट विद्यार्थीलाई शिक्षित बनाउनुपर्ने बताए ।  उनले शिक्षालाई सर्वसुलभ बनाई, शिक्षा जीवनउपयोगी बनाउने र शिक्षा भनेको जीवनलाई उत्कृष्ट बनाउनका लागि हो भन्ने हिसाबबाट अघि बढ्न जरुरी रहेको बताए ।