विदेशमा रहेका नेपालीको नाम दर्ताको प्रक्रिया प्रारम्भ भएको प्रमुख निर्वाचन आयुक्तको भनाई
-आस्था न्यूज
असार १४, २०८१ काठमाडौं ।
थपलियाप्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले विदेशमा बस्ने नेपालीको मताधिकारलाई सुनिश्चित गर्न मतदाता नामावलीमा नाम दर्ता गर्न प्रारम्भ भएको बताएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक दलहरूसँग पटक(पटक छलफल गरेर कार्यविधि स्वीकृतिको चरणमा रहेको बताए।
उनका अनुसार मलेसियासहित खाडीका अन्य ६ वटा मुलुकबाट मतदाता नामावलीमा नाम दर्ता गर्न प्रारम्भ भएको छ। सरकार र परराष्ट्र मन्त्रालयले सहयोग गरेको खण्डमा विदेशमा रहने नेपालीहरूको मतदाता नामावली संकलन पूर्ण हुने बताए।
‘हामीले विदेशमा बस्ने नेपालीको मताधिकारलाई सुनिश्चित गर्नका निम्ति कम्तिमा मतदाता नामावलीमा नाम दर्ता गर्न प्रारम्भ गरौं भन्यौं। राजनीतिक दलहरूसँग पटक(पटक छलफल गरेका छौं। कार्यविधि पनि अहिले स्वीकृतिको चरणमा छ,’ उनले भने, ‘त्यति बेला कहाँ जाने भन्दा हामीले के निधो गर्यौं भने मलेसिया र खाडीका ६ वटा मुलुकबाट प्रारम्भ गरौं न त, मतदाता दर्ता चाहिँ प्रारम्भ गरौं भनेर हामीले एउटा अभ्यास प्रारम्भ गरेका थियौं।’
उनले विदेशमा बस्ने नेपालीहरूलाई मतदानको अधिकार दिने हो भने पहिलो प्राथमिकता वास्तविक नेपाली नागरिक र वास्तविक मतदाताहरू रहेको ठाउँलाई दिनुपर्ने बताए।