Trending :
 

नगर सभा विवादले उपप्रमुख डंगोल पोर्चुगल भ्रमण रोकियो

आषाढ १४,२०८१

-आस्था न्यूज

जेठ १४, २०८१ काठमाडौं । 
काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले १५ असारमा तय भएको पोर्चुगल भ्रमण रद्द गरेकी छन् ।
 
यतिबेला नगर सभामा नीति तथा कार्यक्रमको विषयमा विवाद छ । विवादको बीचमा पोर्चुगल उड्दा उपप्रमुखका कारण बैठक बस्न नसकेको भ्रम फैलिने भन्दै उनले भ्रमण रोकेकी हुन् ।
 
आज नीति कार्यक्रम छलफल भएर पास हुने आकलनको साथ डंगोलको भ्रमण तय भएको थियो ।