बुढीगण्डकी करिडोर विकासका कामलाई तीव्रता दिन माग गर्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण

३ दिन अगाडि

-आस्था न्यूज

जेठ १४, २०८१ काठमाडौं । 
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अधिकार सम्पन्न प्राधिकरणमार्फत समग्र बुढीगण्डकी करिडोर विकासका कामलाई तीव्रता दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन् । 
 
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर प्रधानमन्त्री प्रचण्डलाई तीन बुँदे ज्ञापनपत्र बुझाउँदै उनले आगामी भदौ महिनाभित्र माग पुरा नभए असोज १ बाट आन्दोलन गर्ने चेतावनी दिएका हुन् । 
 
साथै उनले अहिलेको विद्युत् प्राधिकरण अन्तर्गत सहायक कम्पनीको रूपमा रहेको कमजोर संरचनालाई खारेज गरी अधिकार र साधनस्रोत सम्पन्न ‘बुढीगण्डकी करिडोर विकास प्राधिकरण’ तुरुन्त गठन गर्न माग गरेका छन् ।
 
 यसैगरी आयोजना प्रभावित जनताहरूका जायज मागहरू यथाशक्य पुरा गर्न समेत उनले माग गरेका छन् ।