Trending :
 

कम्युनिस्ट पार्टीको मेसिनबाट जो निस्कन्छ र प्रोसेस हुन्छ त्यो मात्र समाजवादी हुनेः भुसाल

आषाढ १६,२०८१

-आस्था न्यूज

असार १६, २०८१ काठमाडौं ।
नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले नेपालको कम्युनिस्ट आन्दोलनको पुनर्गठन र रूपान्तरणको ग्यारेन्टी गर्न पार्टीको महाधिवेशन गर्न लागिएको बताएका छन् । 
 
काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनबारे जानकारी दिँदै महासचिव भुसालले कम्युनिस्ट पार्टीको मेसिनबाट जो निस्कन्छ र प्रोसेस हुन्छ त्यो मात्र समाजवादी हुनसक्ने पनि बताए । 
 
‘कम्युनिस्ट पार्टीको मेसिनबाट जो निस्कन्छ र प्रोसेस हुनेछ त्यो मात्र समाजवादी भएर निस्कन्छ’, भुसालले भने, ‘त्यस्तो सङ्गठनात्मक ढाँचाले हामी समाजवादी कार्यक्रम र कार्यदिशामा पुग्न सक्छौ ।’
 
उनले नेपालको कम्युनिस्ट आन्दोलनको पुनर्गठन र रूपान्तरणको ग्यारेन्टी गर्न महाधिवेशनमा जम्मा भएको भन्दै यसअर्थमा इतिहासको यो क्षण असाधारण र महत्वको भएको पनि बताए ।