Trending :
 

संविधानको रक्षानै समाजवादको महत्त्वपूर्ण एजेन्डा होः देउवा

आषाढ १६,२०८१

-आस्था न्यूज

असार १६, २०८१ काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको महत्त्वपूर्ण एजेन्डा भनेको संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सुदृढीकरण र यसै संविधानमार्फत मुलुकमा दिगो शान्ति रहेको बताएका छन् ।
 
एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशनलाई आइतबार सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री देउवाले मुलुक सुशासन र समृद्धि प्राप्त गर्नेतर्फ लाग्नुपर्ने बताए । नेपालको संविधानको रक्षा, संघीय लोकतान्त्रात्मक व्यवस्थाको सुदृढीकरण र यसै संविधानमार्फत मुलुकमा दिगो शान्ति, सुशासन तथा समृद्धि प्राप्त गर्ने महत्त्वपूर्ण एजेन्डा हुन्, देउवाले भने संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाका प्रति एकीकृत समाजवादीले कार्य गरेको छ ।
 
सभापति देउवाले एकीकृत समाजवादीले गहिरो प्रतिबद्धताका साथ व्यवस्थाका पक्षमा काम गरिरहेको बताए ।