Trending :
 

यस्तो छ सोमबार विदेशी मुद्राको विनिमय दर

आषाढ १७,२०८१

-आस्था न्यूज

असार १७, २०८१ काठमाडौं ।
आज २०८१ साल असार १७ गते सोमबार सन् २०२४ जुलाइ १ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।
 
अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १२ पैसा र बिक्री दर १३३ रुपैयाँ ७२ पैसा पुगेको छ।
 
युरो एकको खरिद दर १४२ रुपैयाँ ६४ पैसा र बिक्री दर १४३ रुपैयाँ २८ पैसा रहेको छ।
 
बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ३२ पैसा र बिक्री दर १६९ रुपैयाँ ०८ पैसा रहेको छ।
 
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४२ पैसा र बिक्री दर ३६ रुपैयाँ ५९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।