Trending :
 

नाउपा संसदीय दलको नेताबाट रञ्जितालाई हटाएर गंगारामलाई चयन

आषाढ १७,२०८१

-आस्था न्यूज

असार १७, २०८१ काठमाडौं ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा) का प्रतिनिधिसभामा रहेका बहुमत सदस्यले दलको नेताबाट रञ्जिता चौधरीलाई हटाएका छन् ।
 
अध्यक्ष समेत रहेकी श्रेष्ठलाई दलको नेताबाट हटाउँदै बहुमत सांसदले यसअघि दलको प्रमुख सचेतक रहेका गंगाराम चौधरीलाई दलको नेता चयन गरेका छन्।
 
प्रतिनिधिसभामा नागरिक उन्मुक्ति पार्टीका चार सांसद छन् । जसमध्ये गंगा चौधरी, अरुण चौधरी र लालवीर चौधरी (रेशम चौधरीका बुबा)ले श्रेष्ठलाई दलको नेताबाट हटाएका हुन् ।
 
गंगा चौधरीलाई दलको नेता चयन गरेपछि प्रमुख सचेतकको जिम्मेवारी लालवीर चौधरीलाई दिइएको छ ।
 
प्रधानमन्त्री पुष्पकमल दाहालले भोलि मन्त्रिपरिषद विस्तार गरी रञ्जिता चौधरीलाई मन्त्री बनाउने तयारी गरिरहेका बेला नाउपाका बहुमत सांसदले दलको नेताबाट हटाएका हुन् ।