अल राउन्डर रविन्द्र जडेजाले पाि लिए टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

३ दिन अगाडि

-आस्था न्यूज

असार १७, २०८१ काठमाडौं ।
भारतका अल राउन्डर रविन्द्र जडेजाले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्।
 
टी-२० विश्वकपको उपाधि जितेपछि जडेजाले पनि अन्तर्राष्ट्रिय टी-२० खेलबाट सन्यास लिएका हुन्।
 
यसअघि कप्तान रोहित शर्मा र विराट कोहलीले पनि टी-२० अन्तर्राष्ट्रियबाट सन्यासको घोषणा गरेका थिए।
 
जडेजाले सामाजिक सञ्जाल प्लेटफर्म इन्स्टाग्राममा स्टाटस लेखेर आफूले सन्यास लिएको घोषणा गरेका हुन्।
 
‘धन्यवादले भरिएको हृदयका साथ, म टी-२० अन्तर्राष्ट्रियलाई बिदा गर्छु,’ जडेजाले लेखेका छन्, ‘देशका लागि आफ्नो तर्फबाट सँधै राम्रो योगदान दिने प्रयास गरेको छु र अन्य फर्म्याटका खेलहरूमा जारी रहनेछ।’
 
जडेजाले टी-२० अन्तर्राष्ट्रियमा ७४ खेल खेल्दा ५१५ रन बनाएका छन् भने ५४ विकेट लिएका छन्।