Trending :
 

देउवा र ओलीबिचको भेटवार्ता र संवादले कोही चिन्तित हुनुनपर्ने सांसद गिरीको भनाई

आषाढ १७,२०८१

-आस्था न्यूज

असार १७, २०८१ काठमाडौं ।
नेपाली कांग्रेसका सांसद दीपक गिरीले दुई प्रमुख दलहरू नेपाली कांग्रेस र नेकपा९एमाले०का बिचमा भएको संवादबाट कोही चिन्तित हुनु नपर्ने बताएका छन् ।
 
सोमबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद गिरीले नेपाली कांग्रेस र नेकपा९एमाले०का शीर्ष नेताहरूबिच सुरु भएको सघन संवादले आशाको सञ्चार गरेको बताएका हुन् । 
 
उनले लोकतन्त्रको रक्षा, राजनीतिक स्थिरता र सुशासनका लागि दुई दल मिल्नु आवश्यक रहेको जिकिर गरे । उनले संविधान संशोधनसम्मका लागि कांग्रेस र एमालेका बिचमा संवाद र सहकार्य गर्नुपर्ने बताए ।