पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा सुवास जोशी नियुक्त

२ दिन अगाडि

-आस्था न्यूज

असार १७, २०८१ काठमाडौं ।
पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा सुवास जोशी नियुक्त भएका छन् । सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ स्तरीय बैठकले जोशीलाई कोषको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । 
 
यसअघिका कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्ति उच्च अदालत पाटनले बदर गरिदिएको थियो । पुनको योग्यताका सम्बन्धमा प्रश्न उठाउँदै पशुपति क्षेत्र विकास कोषका भरत मरासिनीले दायर गरेको रिटमा उच्च अदालतका न्यायाधीशद्वय ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको इजलासले कामकाज नगर्न नगराउन भनि अन्तरिम आदेश जारी गरेको थियो ।