सत्ता समीकरण फेरबदल हुन लागेको आफूलाई कुनै जानकारी छैनः गृहमन्त्री लामिछाने

२ दिन अगाडि

-आस्था न्यूज

असार १७, २०८१ काठमाडौं ।
 
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सत्ता समीकरण फेरबदल हल्लामात्रै भएको बताएका छन् ।
 
सोमबार नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै गृहमन्त्री लामिछानेले सत्ता समीकरण फेरबदल हुन लागेको आफूलाई कुनै जानकारी नभएको बताएका हुन् ।