एमाले अध्यक्ष ओलीसँगको भेटबारे धेरै टिप्पणी नगर्न देउवाको ब्रिफिङ

२ दिन अगाडि

-आस्था न्यूज

असार १७, २०८१ काठमाडौं ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्षसँग भएको भेटबारे पार्टी नेताहरुलाई ब्रिफिङ गरेका छन् ।
 
पार्टी पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकमा देउवाले १५ असारमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेटबारे जानकारी गराएका हुन् ।
 
सौहार्दपूर्ण वातावरणमा कुराकानी भएको भन्दै उनले भने, ‘अहिले धेरै टिप्पणी नगरौं, हाम्रो सम्बन्ध सुमधुर छ ।’