दलीय राजनीतिकरण हटाएरै छाड्ने शिक्षा मन्त्री सुमना श्रेष्ठको दाबी

२ दिन अगाडि

-आस्था न्यूज

असार १७, २०८१ काठमाडौं ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रमा हुने दलीय राजनीतिकरण हटाएरै छाड्ने बताएकी छन् ।
 
सोमबार प्रतिनिधि सभा बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले दलीय राजनीतिक हस्तक्षेप स्वीकार्य नहुने बताइन् । शिक्षक वा प्राध्यापकले तालाबन्दी गरे कारबाही गर्ने कानुन बनाउने उनले बताइन् ।
 
६ पटकसम्म उत्तर पुस्तिका हराएको भए पनि अहिलेसम्म कसैलाई कारबाही नगरेको पाइएको उनले सुनाइन् । नयाँ टिमले अध्ययन गरेर प्रतिवेदन तयार पारेपछि दलका भ्रातृ संगठनहरूले आफूहरूले भने जस्तो कारबाही नभए तालाबन्दी गर्छौं भनेको भन्दै मन्त्री श्रेष्ठले भनिन्, यस्तो पनि हुन्छ रु यो त अराजकता हो ।’
 
यसलाई रोक्ने हो जसले हराएको छ, उसलाई कारबाही हुनुपर्ने बताइन् ।