आज कतिमा हुदैछ सुको कारोबार

४ दिन अगाडि

-आस्था न्यूज

असार १८, २०८१ काठमाडौं ।
मंगलबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ  । सोमबार २ सय रुपैयाँले बढेको सुनको मूल्य मंगलबार १ सय रुपैयाँले बढेको हो ।
 
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला  १ लाख ४२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुन प्रतितोला  १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
 
मंगलबार तेजाबी सुन प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार  तेजाबी सुन प्रतितोला १ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
 
यस्तै मंगलबार प्रतितोला चाँदीको मूल्य १ हजार ८०५ रुपैयाँ रहेको छ । सोमबार प्रतितोला चाँदीको मूल्य १ हजार ७९० रुपैयाँमा कारोबार भएको थियो ।
 
अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।