Trending :
 

राजनीतिक घटनाक्रमबारे प्रधानमन्त्रीद्वारा राष्ट्रपति समक्ष ब्रिफिङ

आषाढ १८,२०८१

-आस्था न्यूज

असार १८, २०८१ काठमाडौं ।
सत्ता सङ्कट व्यहोरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग मङ्गलवार भेट गरेका छन् ।
 
प्रधानमन्त्रीले राष्ट्रपति समक्ष विकसित राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरेको राष्ट्रपति प्रेस विज्ञ किरण पोखरेलले जानकारी दिए ।
 
नेपाली काँग्रेस र एमालेबिच सत्ता साझेदारी गर्ने सहमति भएको परिवेशमा शीतल निवास पुगेर प्रचण्डले राष्ट्रपतिसँग भेट गरेका हुन् ।
 
दुई दलको निर्णयपछि प्रचण्डले तत्काल राजीनामा नदिने र संसदमा विश्वासको मतको प्रक्रियामा जाने अडान लिएका छन् ।
 
बिहान प्रधानमन्त्री प्रचण्डलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए। तर प्रचण्डले राजीनामा नदिने निर्णय सुनाएका थिए ।