Trending :
 

८ देशका लागि सिफरिस राजदूतको प्रमाणीकरण नभएको सुलासा

आषाढ १८,२०८१

-आस्था न्यूज

असार १८, २०८१ काठमाडौं ।
भारत, अमेरिका र बेलायतसहित ८ देशका लागि राजदूत सिफारिस गर्ने ७ असारको मन्त्रिपरिषद निर्णय प्रमाणीकरण नै नभएको खुलेको छ ।
 
उक्त निर्णय प्रमाणीकरण नभएकाले अब नयाँ राजनीतिक समीकरणअनुसार राजदूत नियुक्ति प्रक्रिया अघि बढ्ने देखिएको छ ।
 
७ असारमा बसेको मन्त्रिपरिषद्को बैठकले भारतका लागि नेपाली राजदूतमा लोकदर्शन रेग्मी, अमेरिकाका लागि चन्द्र घिमिरे र बेलायतका लागि डा. विजन पन्तलाई सिफारिस गर्ने निर्णय गरेको थियो । रेग्मी र घिमिरे नेकपा एमालेका तर्फबाट र पन्त नेकपा माओवादी केन्द्रको कोटाबाट राजदूतका लागि छानिएका थिए ।
 
दक्षिण कोरियाका लागि सुशील प्याकुरेल, डेनमार्कका लागि सुम्निमा तुलाधर, स्पेनका लागि पुष्पराज रञ्जितकार, मलेसियाका लागि नेत्रप्रसाद तिमल्सिना र साउदी अरबका लागि नेपाली राजदूतमा अबुसुफ्यान खान सिफारिसका लागि चयन भएका थिए ।
 
अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको कोटाबाट साउदीका लागि सिफारिस भएका खान विवादास्पद पृष्ठभूमिका व्यक्ति भएकाले आलोचना भएको थियो । त्यसमाथि मानवअधिकारकर्मी समेत रहेका प्याकुरेलले आफूसँग सल्लाहसमेत नगरी गरिएको सिफारिसको निर्णय अस्वीकार गर्ने घोषणा गरेपछि निर्णय प्रमाणीकरणमा ढिलाइ भएको थियो ।