Trending :
 

काठमाडौँमा सबै भन्दा बढी डेंगु सङ्क्रमित देखियो

आषाढ २०,२०८१

-आस्था न्यूज

असार २०, २०८१ काठमाडौं ।
काठमाडौँ जिल्लामा सबैभन्दा बढी डेंगु सङ्क्रमित देखिएका छन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार काठमाडौँ जिल्लामा १५९ जनामा डेंगु सङ्क्रमित देखिएको हो । 
 
देशभर ७७ जिल्लामध्ये ७३ जिल्लामा १४ सय ३२ जनामा देखिएको डेंगुमध्ये १५९ जना काठमाडौँ जिल्लामा मात्रै पुष्टि भएको ईडीसीडीको तथ्यांक छ । यसो हुनुमा जनघनत्व बढी हुँदा ‘एडिस एजिप्टाइ’ जातको लामखुट्टेले सङ्क्रमित व्यक्तिलाई टोकेर अर्को व्यक्तिलाई सार्नु नै रहेको चिकित्सकहरू बताउँछन् ।
 
देशभर मनसुन सक्रिय भएसँगै डेंगु सङ्क्रमण बढ्न थालेको छ । ईडीसीडीका अनुसार गत साता ९जुन २३ गते० मा १२ सय ६८ जनामा देखिएको डेंगु ९जुलाई ३ गते ० १४ सय ३२ जनामा पुष्टि भएको छ ।