Trending :
 

साताको अन्तिम दिन नेप्से १५.४६ अंकले बढ्यो

आषाढ २०,२०८१

-आस्था न्यूज

असार २०, २०८१ काठमाडौं ।
यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढ्दा कारोबार रकम पनि उच्च देखिएको छ । 
 
बिहीबार नेप्से परिसूचक १५.४६ अङ्कले बढेर दुई हजार एक सय १९.६९ अङ्कमा कायम भएको हो ।
 
बिहीबार तीन सय १३ कम्पनीको दुई करोड २१ लाख ६७  हजार ६ सय ७९ कित्ता शेयर ८४ हजार एक सय २६ पटक खरिदबिक्री हुँदा रु ६ अर्ब ४८ करोड २५ लाख ४६ हजार ९ सय ८० बराबरको कारोबार भएको छ ।
 
बिहीबार वित्त समूह ०।५९ र उत्पादन तथा प्रशोधन समूह ०।१५ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै विकास बैंक समूहको उपसूचक ३।४३ प्रतिशतले बढेको छ । 
 
 
बैंकिङ ०।४८, होटल तथा पर्यटन १।७५, जलविद्युत् ०।२२, लगानी १।८९ र जीवन बीमा १।९७ प्रतिशतले बढेको छ । त्यसैगरी, लघुवित्त ०ं२१, म्युचुअल फन्ड ०।२४, निर्जीवन बीमा ०।५८, व्यापार ०।४८ र व्यापार समूह ०।१५ प्रतिशतले बढेको छ ।
 
आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको शेयर मूल्यमा बिहीबार सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने दोर्दीखोला जलविद्युत् कम्पनी लिमिटेडको शेयर मूल्य ४।७५ प्रतिशतले घटेको छ ।
 
कारोबार रकमका आधारमा बिहीबार सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको रु ३ करोड ९ लाख ४ हजार ६ सय ९४ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने एनआईसी एसिया ब्यालेन्स फण्डको ३५ लाख एक हजार दुई सय कित्ता शेयर किनबेच भएको छ ।