Trending :
 

क्रसर व्यवसायीको आन्दोलन स्थगित

आषाढ २०,२०८१

-आस्था न्यूज

असार २०, २०८१ काठमाडौं ।
काठमाडौंको माइतीघर मण्डलामा धर्ना बस्दै आएका क्रसर व्यवसायीहरुको माग सम्बोधनका लागि पहल गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सहमत भएको छ ।
 
यो सहमतिसँगै क्रसर व्यवसायीहरुले तीन सातादेखि जारी आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् ।
 
आज संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीको उपस्थितिमा भएको वार्तामा तीन बुँदे सहमति भएपछि आन्दोलनका कार्यक्रम स्थगित गरेको नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघका सहसचिव मीनबहादुर शाहीले जानकारी दिए ।