Trending :
 

गृहमन्त्री लामिछानेको निलम्बन माग गरिएको रिटमा राय बाझियो

आषाढ २०,२०८१

-आस्था न्यूज

असार २०, २०८१ काठमाडौं ।
गृहमन्त्री रवि लामिछानेलाई निलम्बन गर्न माग गरिएको रिटमा दुई न्यायाधीशका बिचमा रायबाझी भएको छ ।
 
सर्वोच्च अदालतका दुई न्यायाधीशका बिचमा फरक-फरक राय आएपछि यो विवाद अब तीन न्यायाधीशको इजलासमा जाने भएको छ । अब तीन न्यायाधीशको पूर्णइजलासले योबारेमा फैसला सुनाउने छ ।
 
न्यायाधीश सपनाप्रधान मल्ल र सारंगा सुवेदीको इजलासमा एक मत हुन नसकेपछि बिहीबार मुद्दाको टुंगोमा पुग्न सकिएन ।