Trending : #श्रीनेहा     
 

युरो कपमा आज जर्मनी र स्पेन तथा पोर्चुगल र फ्रान्स भिड्दै

आषाढ २१,२०८१

-आस्था न्यूज

असार २१, २०८१ काठमाडौं ।
युरो २०२४ मा आजदेखि सुरु हुने क्वाटरफाइनलका खेलमा उपाधि दाबेदार टोलीहरुबीच प्रतिस्पर्धा हुँदैछ ।
 
पहिलो क्वाटरफाइनलमा आयोजक जर्मनीले स्पेनसँग प्रतिस्पर्धा गर्नेछ भने दोस्रो क्वाटरफाइनल खेल पोर्चुगल र फ्रान्सबीच हुनेछ ।
 
स्पेन र जर्मनी बीचको खेल राति ९:४५ बजे तथा पोर्चुगल र फ्रान्सबीचको खेल मध्यराति १२:४५ बजे सुरु हुनेछ ।
 
चारै टोली पूर्व च्याम्पियन हुन् । आजको खेलपछि दुई दाबेदार टोली बाहिरिने छन् । त्यसैले पनि क्वाटरफाइनलका खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा छ ।
 
स्पेन र जर्मनी युरोको सर्वाधिक सफल टोली हुन् । दुवैले समान ३ पटक युरो जितेका छन् ।
 
जर्मनीले प्रिक्वाटरफाइनलमा डेनमार्कलाई पराजित गरेको थियो । यस्तै स्पेनले जर्यालाई पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको हो ।
 
यस पटक स्पेन र जर्मनी दुवै टोली लयमा देखिएका छन् । दुवै टोली जित निकाल्दै सेमिफाइनल पुग्ने लक्ष्यमा छन् । तर एक टोलीको मात्र लक्ष्य पूरा हुनेछ ।