Trending : #श्रीनेहा     
 

एकीकृत समाजवादी महाधिवेशनबाट ९३ केन्द्रीय सदस्य घोषणा

आषाढ २१,२०८१

-आस्था न्यूज

असार २१,२०८१ काठमाडौं ।
नेकपा (एकीकृत समाजवादी) का ९३ जना केन्द्रीय सदस्यहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।
 
शुक्रबार काठमाडौंमा ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा गर्दै सबै सदस्यहरुले पद तथा गोपनियताको शपथग्रहण गरेका हुन् ।
 
सबै केन्द्रीय कमिटीका सदस्यहरुलाई निर्वाचन विभाग आयोग प्रमुख माधव पौडेले शपथग्रहण गराए। २९९ सदस्यीय केन्द्रीय कमिटी रहने व्यवस्था गरेको एकीकृत समाजवादीले बाँकी सदस्य आगामी दश दिनभित्र पूर्णता दिने बतएको छ ।
 
महाधिवेशनले पार्टीको अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाललाई सर्वसम्मत चयन गरेको छ ।