Trending : #श्रीनेहा     
 

प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिने

आषाढ २१,२०८१

-आस्था न्यूज

असार २१,२०८१ काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहालले असार २८ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् । 
 
कांग्रेस र एमालेले गठबन्धन गरेर नयाँ सरकार बनाउने सहमति गरेसँगै प्रधानमन्त्री दाहालले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने माग उठिरहेको छ । तर प्रधानमन्त्री दाहालले भने संविधानको व्यवस्थाबमोजिम विश्वासको मत लिने तयारी अघि बढाएका हुन् ।
 
प्रधानमन्त्री दाहालले असार २८ गते विश्वासको मत लिने तयारी गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए । उनका अनुसार प्रधानमन्त्री दाहालले विश्वासको मत लिने प्रयोजनका लागि संसद् सचिवालयलाई पत्राचार समेत गरिसकेका छन् ।
 
एमालेले बुधबार मात्रै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि एमाले ८ जना मन्त्रीहरुले राजीनामा दिएका थिए । गत असार १७ गते नेपाली कांग्रेस र नेकपा ९एमाले० बीच नयाँ समीकरण बनाउँदै सरकार गठन र संविधान संशोधनलगायत मुद्दा अघि बढाउने सहमति भएको थियो।